प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २९, २०७९
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन्।
  • आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन्।

प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताएका हुन्।

सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्र्ने बताएको भन्दै सांसद ज्ञवालीले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्ने बताए ।

यसबारे प्रधानमन्त्री देउवाले संसदमा जानकारी गराउनुपर्ने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।’

प्रधानमन्त्री देउवा आउँदो असारमा अमेरिका भ्रमणमा जाने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?