महोत्तरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
महोत्तरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सारांश

  • महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
  • मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् ।

महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

गम्भिर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

मोटरसाइकलमा सवार दुई जनामध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?