नाबालकलाई प्रशिक्षण दिएर सुनका सिक्री चोरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
नाबालकलाई प्रशिक्षण दिएर सुनका सिक्री चोरी

सारांश

  • रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।
  • रुपन्देही कञ्चन गाउँपालिका–४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरूले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकीछिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।

रुपन्देही कञ्चन गाउँपालिका–४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरूले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकीछिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिनाअघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भिडभाड भएको ठाउँमा लागि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ । उनीहरू उपर चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी
सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री
सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
भारतीय कम्पनी सेरमले कोरोना भ्याक्सिनको मानवीय परीक्षण गर्न मान्यता पायो
पुर्ब खेलाडीद्वारा सहयोग…
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

तपाईंले छुटाउनुभयो कि?