बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
सारांश
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
- नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।
- सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।
सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया