बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ ।
  • यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए ।
  • तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ । यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि कड्किँदै बालेनले भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’

बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन निर्देशन दिएर फर्किएका छन् ।

तर, हट्ने छाँटकाँट नदेखिएपछि डोजर लगाएर भत्काइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित
नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

तपाईंले छुटाउनुभयो कि?