सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !

सारांश

  • लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले भदौ २ मा ललितपुरका ३८ वर्षीय नविन श्रेष्ठलाई नियन्त्रणमा लिए ।
  • बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेपछि नवीनलाई प्रहरीले सोधे–‘यो सामान कहाँबाट ल्याएको ?
  • ’​ नवीनले जवाफ दिए–‘कालोपुलमा बस्ने एकजना इन्जिनियरबाट किन्छु ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले भदौ २ मा ललितपुरका ३८ वर्षीय नविन श्रेष्ठलाई नियन्त्रणमा लिए । बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेपछि नवीनलाई प्रहरीले सोधे–‘यो सामान कहाँबाट ल्याएको ?’​ नवीनले जवाफ दिए–‘कालोपुलमा बस्ने एकजना इन्जिनियरबाट किन्छु ।’ प्रहरीले नवीनलाई इन्जिनियरलाई फोन गरेर सामान (लागुऔषध) मगाउन भन्यो । नवीनले फोन गरे–‘मलाई सामान चाहियो छ कि छैन ?’

उताबाट जवाफ आयो–‘सामान लिन कालोपुलमा आउनु ।’ भदौ ३ मा लागुऔषध बेच्न आउँदा पक्राउ परे, ४३ वर्षीय ध्रुव लिम्बु । सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएका ध्रुव पेशाले सिभिल इन्जिनियर हुन् ।​ ध्रुव काठमाडौं महानगरपालिका–३० कालोपुलस्थित मनिष कोइरालाले संचालन गरेको होस्टलमा बस्दै आएका थिए । ध्रुवको साथबाट प्रहरीले ५६० एम्पुल बुप्रेनोर्फिन, ५८४ एम्पुल फेनारगन र ७३७ एम्पुल डाइजेपाम बरामद गरेको छ ।

लामो समय अध्यापन गरेका ध्रुवले सो काम छाडेर ३ वर्षदेखि लागुऔषध कारोबार गरिरहेको अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । खनालले भने–‘उनी सेवनकर्ता पनि हुन्, कारोबारी पनि हुन् ।’

ध्रुवले भारतबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका हुन् । भारतको आन्द्र प्रदेशस्थित विवेकानन्द जुनियर कलेजबाट प्लस टु गरेका उनले २००१ मा कर्नाटकस्थित श्री जगतगुरु मुरुङ राजेन्द्र क्याम्पसबाट इन्जिनियरिङ पास गरेका थिए ।

उनले २००२ देखि २००४ सम्म ललितपुरको जावलाखेलमा चाइना नेशनल वाटर एण्ड हाइड्रोपावरमा काम गरे । धरानका विभिन्न कलेजमा पढाए । धरानस्थित ‘एफ टेक’मा पनि उनले पढाएका थिए । ललितपुरस्थित सेन्ट मेरिजको ‘एचटीएम एल वेभ डिजाइन’ सम्बन्धी पाठ्यक्रम आफैंले डिजाइन गरेको ध्रुवले दाबी गरेका छन् । उनले प्रहरीलाई बताएअनुसार २०११ सम्म सेन्टमेरिज स्कुलमा त्यही पाठ्यक्रम पढाइ हुन्थ्यो । २०१३ बाट उनले पढाउन छाडेका थिए ।

पछिल्लो समय उनी अध्यापन छाडेर कालोपुलको होस्टलमा सफ्टवेयर एसेम्बल, मोबाइल मर्मत र कम्युटर मर्मतको काम गर्दै आएका छन् । देखाउने पेशा कम्प्युटर र मोवाइल मर्मत भएपनि भएपनि उनी लागुऔषध कारोबारमा सक्रिय भएको देखिएको एसएसपी खनालले जानकारी दिए ।

कलेज पढ्दा गाँजाको लत

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार ध्रुवले आफू क्याम्पस पढ्दा गाँजा तान्ने गरेको बताएका छन् । गाँजा तानेर सुरु भएको उनको लागुऔषध सेवनको लत बढेर गएको छ। ​ध्रुव अविवाहित हुन् ।

ध्रुवलाई पर्सा घर भएका ४० वर्षीय जमुना साहले भारतबाट लागुऔषध ल्याइदिने गरेको खुलेको छ। मोटरसाइकलको ट्यांकीमा फल्स बटन ल्याएर शाहले रक्सौलबाट लागुऔषध ल्याउने गरेको एसएसपी खनालले बताए । उनले भने, ‘मोटरसाइकलको ट्यांकीमा विशेष तरिकाले लुकाएर ल्याउने गरेको भेटिएको छ ।’

साहलाई पनि प्रहरीले ध्रुव बस्ने कोठाबाट पक्राउ गरेको छ । साहको साथबाट बरामद गरिएको ना.४३ प ६६९३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । जमुना साह बस्दै आएको बाफलस्थित डेरामा ९८ एम्पुल बुप्रेनोर्फिन र १०२ एम्पुल डाइजेपाम प्रहरीले बरामद गरेको छ । ३ जनाको साथबाट प्रहरीले २८ सय १० एम्पुल बरामद गरेको छ ।

आरोपीहरुबारे थप अनुसन्धान भइरहेको एसएसपी खनालले बताएका छन् । नवीन श्रेष्ठ अपहरण र ज्यान मुद्दामा जेल बसेर निस्केपछि लागुऔषध कारोबारमा संलग्न रहेको थाहा भएको छ । २०६४ असोज १७ मा ८ वर्षीय बालक धीरज अधिकारीलाई अपहरणपछि हत्या गरेको मुद्दामा उनी ८ वर्ष चार महिना जेल बसेर छुटेका हुन् । नवीन श्रेष्ठसहितका अभियुक्तहरूले बच्चा अपहरण गरेर हत्यापछि बागमतीमा फालेको प्रहरीको सीआरएस (क्राइम रेकर्ड सिस्टम)मा रेकर्ड भएको छ ।

नवीन झम्सिखेलमा पत्नी र आमासँग बस्छन् । इन्जिनियर ध्रुव र नविन मिलेर विगत ३ वर्षदेखि लागुऔषध कारोबार गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शौचालयको अभावमा बलात्कारका घटना
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
विमानस्थलमा मान्छे ओसारपसारको यस्तो सेटिङ

तपाईंले छुटाउनुभयो कि?