काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
सारांश
- काठमाडौं ।
- बलात्कारपछि हत्या गरिकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काडमाडौँ ल्याइएको छ ।
- असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ ल्याउने तयारी भएको थियो ।
काठमाडौं । बलात्कारपछि हत्या गरिकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काडमाडौँ ल्याइएको छ ।
असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ ल्याउने तयारी भएको थियो । तर विमानले उनलाई लैजान नमानेपछि शनिबार राति निजी गाडी मार्फत काठमाडौँ ल्याइएको हो ।
पन्तलाई निजी गाडीमा राखेर उपचारका लागि काठमाडौँ ल्याइएको हो । उपचारको लागि काठमाडौं ल्याइएका यज्ञराजलाई टिचिङ अस्पतालको इर्मजेन्सी कक्ष्मा राखिएको छ।
प्रहरी सहायक निरीक्षक दीपक धामीको नेतृत्वमा तीन जनाको प्रहरी टोली र सेती अञ्चल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विक टोलीमा छन् ।
छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।
प्रतिक्रिया