ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ ।
  • गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ ।
  • ‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले कान्तिपुरसँग भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।

ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ ।

गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ ।

‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले कान्तिपुरसँग भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’

अदालती फैसला आउनासाथ आफूले मौखिक रुपमा स्थानीय बाँडेगाउँस्थित प्रहरी प्रभागमा आरोपीको थातथलो निगरानी गर्न निर्देशन दिएको बताउँदै सिलवालले ‘आरोपी खोजबिनमा तदारुकता अपाइने’ बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?