मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड

सारांश

  • प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
  • बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् ।
  • कार्यक्रममा उनीहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा उनीहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्तिरहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताए । प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने उनीहरुको भनाइ छ । प्राकृतिक र मानव सिर्जित विपद्लाई न्युनिकरण गर्न तीन वटै तहका सरकारको समन्वयकारी भुमिका आवश्यक पर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मौसमजन्य विपद्बारे राम्रो योजना नहुँदा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताए । उनले सम्बन्धित निकायका असावधानी र गतिविधिले पनि विपद् निम्त्याइरहेको बताए । उनले शहर र शहरोन्मुख क्षेत्रमा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गर्न नसके आगामी दिनमा ठूलो विपद् निम्तिने खतराबारे ध्यान पु¥याउन आवश्यक रहेको बताए । उनले विपद्जन्य घटना कम गर्न व्यवहारिक रुपमा नै नीति निर्माण बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो भएको बताए । मन्त्री कार्कीले विपद्लाई न्युनिकरण कसरी गर्ने भन्ने कुराको पूर्व तयारी प्रदेश सरकारले गरिरहेको उल्लेख गर्दै जोखिम क्षेत्रको नक्शांकन गरेर न्युनिकरण गर्ने र विपद्पछिको पुनर्निर्माणका लागि बजेट छुट्याएर अघि बढेको बताए ।

फरक प्रशंगमा मन्त्री कार्कीले सामाजिक सञ्जालबाटै आरोपी र न्यायाधीश बन्ने÷बनाउने कुरा बढी भइरहेकोले यसलाई नियमन गर्न आवश्यक रहेको बताए । उनले हालै डुबानमा परेको सप्तकोशी नदीको विषयलाई लिएर काठमाडौंमा घर हुने र पजेँरो चढ्नेहरुले समेत सुकुम्वासी भनेर नाम लेखाएको भन्दै वास्तविधि सुकुम्वासीको पहिचान गर्न आवश्यक रहेको बताए ।

संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग रहेको कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद् व्यवस्थापनका लागि मन्त्रालयले पूर्व तयारीका काम गरिरहेको बताए । उनले प्रदेशमा दक्ष जनशक्तिको अभाव रहेका कारण पनि कतिपय समस्याहरु भइरहेको बताए । उनले विपद्बाट आर्थिक, सामाजिक विकासलाई पछि धकेल्ने कुराको ज्ञान सबैमा फैलाउन आवश्यक रहेको बताए ।

सचिव पराजुलीले विद्यालयको शिक्षामा विपद् व्यवस्थापनका कुरा राख्ने काम प्रदेश सरकारले गरिरहेको बताए । उनले विपद्का लागि छुट्याइएको बजेट विपद्मैत्री हुनुपर्ने बताए । उनले प्रदेश सरकारले आफ्ना संरचना बिस्तार गर्न नसकेको बताए । उनले हिमाल, पहाड र तराईमा भवन निर्माणको मोडालिटी परिवर्तन गर्न जरुरी रहेको बताए । कार्यक्रममा सचिव पराजुलीले प्रदेश सरकारले विपद् व्यवस्थापनमा गरेको काम र चुनौती तथा समस्याबारे प्रकाश पारे । उनले प्राकृतिक विपद्बाट हुने क्षति न्युनिकरण गर्नु सबैको साझा दायित्व भएको बताए ।

कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले विकासको नाममा जथाभावी सडक बिस्तार गर्दा विपद्जन्य घटना बढेको बताए । मन्त्री यादवले विपद्को बारेमा एक अर्कामाथि दोषारोपण गर्ने प्रवृत्तिलाई हटाएर अघि बढेमात्रै आम नागरिकको चाहनालाई पूरा गर्नसक्ने बताए । उनले प्रदेश सरकार अहिले प्रदेशका सबै जिल्ला अस्पताललाई सक्रिय र व्यवस्थित बनाएर अघि बढीरहेको बताए । मन्त्री यादवले जिल्ला अस्पताललाई सम्बन्धित ठाउँमा व्यवस्थित गर्न सके विपद् क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । उनले विपद् व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कार्यमा सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश १ को न्याय प्रशासन तथा विधायन समिति सदस्य एवं प्रदेश सभा सदस्य हिमादेवी बस्नेतले मानवसिर्जित प्रकोपको व्यवस्थापनमा प्रभावकारी रुपमा लाग्न नसकेको बताइन् । उनले राहत वितरणमा एकद्वार प्रणालीको अभाव रहेको र लामो प्रक्रियाका कारण पनि कतिपय समस्या सिर्जना भइरहेको बताइन् । उनले राहतलाई प्रभावकारी रुपमा जनतासमक्ष पु¥याउन जरुरी रहेको भन्दै विपद्का निर्णय गर्दा पीडितलाई समेत राखेर निर्णय गर्न आवश्यक रहेको बताइन् । उनले प्राकृतिक प्रकोपका मात्रै नभइ मानवसिर्जित प्रकोपलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा जनप्रतिनिधि र सरकारले सोच्ने बेला आएको बताइन् ।

कार्यक्रममा प्रदेश १ को सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईंले प्राकृतिक विपद्पछि राहत दिने भन्दापनि विपद् हुन नदिन तयारी गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने बताए । उनले प्रदेशमा रहेका जोखिमयुक्त स्थानको पहिचान गरेर सम्भावित दुर्घटना हुन नदिने काम गर्नुपर्ने बताए । सभापति गनगाईंले हरेक तहका सरकारले विपद् न्यूनीकरणका लागि काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश १ को न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले विपद् व्यवस्थापनका काम गर्नका लागि साधन स्रोतका हिसावले प्रदेश सभा कमजोर रहेको बताए । उनले आर्थिक पक्ष मजबुत नभएसम्म दीर्घकालीन रुपमा समिति र प्रदेश सरकारले कुनैपनि काम सहज रुपमा गर्न नसक्ने बताए । उनले विपद् न्यूनिकरणका लागि सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । उनले प्राकृतिक र मानव निर्मित विपद्लाई न्युनिकरण गर्न तीन वटै तहका सरकारको समन्वयकारी भूमिका आवश्यक पर्ने बताए । कार्यक्रममा विपद् विज्ञहरुले उत्पादनमुलक क्षेत्रमा विपद्बाट पर्ने जोखिमलाई न्युनिकरण गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विपद् विज्ञ रामचन्द्र न्यौपानेले शिक्षा र स्वास्थ्य विपद् उत्थानशील भए÷नभएको बारेमा पनि अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?