बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
सारांश
- काठमाडौ ।
- काठमाडौ महानगरपालिकाले व्यवसायीलाई हतोत्साही पारेको ठहर गर्दै उद्योग वाणिज्य संघ काठमाडौँले क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।
- उद्योग वाणिज्य संघको बिहिबार बसेको आकस्मिक बैठकले घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई मर्का पर्नेगरी मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।
काठमाडौ । काठमाडौ महानगरपालिकाले व्यवसायीलाई हतोत्साही पारेको ठहर गर्दै उद्योग वाणिज्य संघ काठमाडौँले क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य संघको बिहिबार बसेको आकस्मिक बैठकले घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई मर्का पर्नेगरी मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा कर तिरेका व्यवसायीलाई महानगरमाथि आतंक मच्चाएको आरोप लगाईएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया