रहेनन् अन्तिम सोभियत नेता गोर्बाचोभ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १५, २०७९
|
|
४८ पटक हेरिएको
Shares
रहेनन् अन्तिम सोभियत नेता गोर्बाचोभ

सारांश

  • मस्को।
  • शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ।
  • सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए।

मस्को। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ। सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो। उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन्। ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’, महासचिव गुटेर्रेसले भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
आज २८ सय २४ कोरोना संक्रमित थपिए
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल