कांग्रेस नेता को कहाँबाट बन्दैछन् उम्मेदवार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २०, २०७९
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन्।
  • देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन्।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन्।

देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन्। प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन्।

उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।

महामन्त्रीहरू गगन थापा काठमाडौं-४ बाट र विश्वप्रकाश शर्मा झापा-१ बाट, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय(डिना) मकवानपुर-२, किशोरसिंह राठौर बाँके-३ र बद्री पाण्डे बाजुराबाट।

भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा-१, जीवन परियार कास्की-१, फरमुल्लाह मन्सुर बारा-३ बाट सिफारिस भएका छन्।

नेता रामचन्द्र पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।

पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३ बाट, सुजाता कोइराला मोरङ २ बाट, प्रवक्ता डा प्रकाशशरण महत नुवाकोट १ बाट, पूर्वअर्थमन्त्री डा रामशरण महतको नाम पनि सिफारिस भएको छ । त्यस्तै, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ बाट सिफारिस भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो