काठमाडौ उपत्यकाका सबै नाकामा विशेष चेक जाँच

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
३० पटक हेरिएको
Shares
काठमाडौ उपत्यकाका सबै नाकामा विशेष चेक जाँच

सारांश

  • काठमाडौ ।
  • दशै तिहार जस्ता चाडपर्व लक्षितगरी प्रहरी सुरक्षा चेक जाँच कडा बनाएको छ ।
  • चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा प्रहरीले विशेष चेकजाँच गर्ने गरेको छ ।

काठमाडौ । दशै तिहार जस्ता चाडपर्व लक्षितगरी प्रहरी सुरक्षा चेक जाँच कडा बनाएको छ । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा प्रहरीले विशेष चेकजाँच गर्ने गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बाइपास, बालाजु लगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ। ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?