गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
२० पटक हेरिएको
Shares
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी

सारांश

  • काठमाडौ  ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
  • कोइरालाले चितवन क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

काठमाडौ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले चितवन क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।
चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने तयारी भएपनि प्रचण्ड गोरखा क्षेत्र न २ मा उम्मेदवारी दिएपछि गठबन्धको तर्पmबाट चितवन ३ मा डा भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । कांग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन ३ बाटै एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?