ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना

सारांश

  • एजेन्सी ।
  • स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन बार्सिलोनालाई जरिवाना गरेको छ ।
  • फेडेरेसनले एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्दा नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो ।

एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन बार्सिलोनालाई जरिवाना गरेको छ ।

फेडेरेसनले एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्दा नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो । बार्सिलोनाले ग्रिजम्यानलाई गत जुलाईमा एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

तर, ग्रिजम्यानको रिलिज क्लउज तयार हुँदै गर्दा बार्सिलोनाले सहमति बिना नै उनलाई अनुबन्ध गरेको एट्लेटिकोले आरोप लगाएको थियो । एट्लेटिकोले ग्रिजम्यानको रिलिज क्लउज २०० मिलियन रहेको बताएको थियो ।

एट्लेटिकोले ग्रिजम्यान अनुबन्ध गर्दा बार्सिलोनाले नियम तोडेको भन्दै फेडेरेसनमा उजुरी दर्ता गरेको थियो । फेडेरेसनले अनुसन्धान गर्दा बार्सिलोना दोषी देखिएको र जरिवाना गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?