देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त

सारांश

  • काठमाडौ ।
  • काग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् ।
  • मधेस प्रदेशका तीन मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरिएका हुन ।

काठमाडौ । काग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । मधेस प्रदेशका तीन मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरिएका हुन । पदमुक्त गरिएका मन्त्री नेपाली कांग्रेसका हुन ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् । केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?