संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

सारांश

  • काठमाडौँ, १८ साउन ।
  • व्यवस्थापिका–संसद् आजको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग अलग तीन विधेयकलाई पारित गरेको छ ।
  • संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

काठमाडौँ, १८ साउन । व्यवस्थापिका–संसद् आजको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग अलग तीन विधेयकलाई पारित गरेको छ ।

संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । ती विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छन् । नेपालको संविधानअनुसार तीे संवैधानिक आयोग हुन् ।

दलित आयोगसम्बन्धी विधेयकको छलफलमा भाग लिँदै सांसद्हरूले ‘दलित’ शब्दकै प्रयोग हटाउनुपर्ने र त्यसको ठाउँमा दमित शब्द हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कतिपय सांसद्ले शब्दको भन्दा पनि असामाजिक र अपहेलित जीवन व्यतीत गरिरहेकाहरूलाई अधिकार सम्पन्न बनाउन विधेयक केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।

सांसद्हरू डिल्लीप्रसाद काफ्ले, चूडामणि जङ्गली, भक्तबहादुर विश्वकर्मा, अफीलाल उखेडा, कमला विश्वकर्मा, श्यामकुमार श्रेष्ठ (काभ्रे) र अनिता परियारले विधेयकमाथिको छलफलमा भाग लिनुभयो ।

जवाफमा उपप्रधानमन्त्री गच्छदारले प्राप्त सुझावका आधारमा आगामी दिन समयसापेक्ष रुपमा परिमार्जन गर्दै लगिने बताउनुभयो ।

आदिवासी जनजाति आयोगको नाममा ‘राष्ट्रिय’ थप्न कञ्जुस्याइँ गरिएकामा केही सांसद्ले आपत्ति जनाउनुभएको थियो ।

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विधेयक प्रस्तुत

यसैगरी, बैठकमा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ लाई प्रस्तुत भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सो विधेयक सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावलाई प्रस्तुत नगर्न नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले अस्विकृत गरेको थियो ।

सभामुख ओनसरी घर्तीद्वारा प्रस्तुत सदनका विभिन्न समितिका सदस्य हेरफेरसम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको थियो । संसद्को अर्काे बैठक यही साउन २० गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक
वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
युनिक सास्कृतिक धमाका आयोजना हुन १३ दिन बाकी
युनिक सास्कृतिक धमाका आयोजना हुन १३ दिन बाकी
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की

तपाईंले छुटाउनुभयो कि?