दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
सारांश
- काठमाडौ ।
- शुक्रबार दार्चुलामा १२ बर्षीय बालकको मृत्युको जिम्मेवार भारती कम्पनीले लिएको छ ।
- जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि तावाघाट लिपुलेक सडक चौडा गर्ने क्रममा जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले व्यास गाउँपालिका २ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो।
काठमाडौ । शुक्रबार दार्चुलामा १२ बर्षीय बालकको मृत्युको जिम्मेवार भारती कम्पनीले लिएको छ । जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि तावाघाट लिपुलेक सडक चौडा गर्ने क्रममा जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले व्यास गाउँपालिका २ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो।
यस्तै १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन्। अहिले उनको जिल्ल अस्पतालमा उपचार जारी रहेको बताइएको छ। सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको हो आज (शनिबारं) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। कम्पनीले गल्ती स्वीकार गरेको छ। निर्माण कम्पनीले क्षतिपूर्ति दिन तयार छौं भनेको छ।
भारतीय कम्पनीले गल्ती परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको हो। तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।
गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि महराको मृत्यु भएको थियो। घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो।
उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन्। यसअघि पनि भारतबाट आएका ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाँधिएका पशु वस्तु समेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताए।
(Xanax)
प्रतिक्रिया