समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

सारांश

  • काठमाडाैं।
  • गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
  • निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ।

काठमाडाैं। गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार पाँच सय ७५ मतसहित तेस्रो स्थानमा छ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख दुई हजार चार सय ९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार तीन सय ७५ मत पाएको छ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख १२ हजार पाँच सय ७९ मत ल्याएको छ। त्यस्तैगरी जनमत पार्टीले ६७ हजार छ सय १४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार पाँच सय ४७, नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार सात सय चार र नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८३ मत पाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ।

नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?