कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
  • सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि बन्दसूचीबाट समावेशिताको आधारमा ३२ जना सांसदको नाम टुंगो लगाएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि बन्दसूचीबाट समावेशिताको आधारमा ३२ जना सांसदको नाम टुंगो लगाएका हुन् ।

३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका हुन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् । आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद चयन हुन सकेनन् ।

समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिला प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत रहेकी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती पनि परेका छन् ।

कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ।

दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance Norāde

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?