न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय

सारांश

  • काठमाडौँ ।
  • सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाउने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौँ । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाउने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

“हामीले के का लागि सरकार बनायौँ भनेर देखाउनका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एक/एक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ ।” उहाँले भन्नुभयो ।

आज बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?