विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
सारांश
- नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रँडाको मच्चिएको छ ।
- जिम्बाजाङबु शेर्पा प्यानल र सन्तबीर लामा प्यानलबीच हुन लागेको चुनावको मुखमा आइपुग्दा विभिन्न खालका प्रचारबाजीहरु भइरहेका छन् ।
- अत्यान्तै महत्वकांक्षीय योजनासहितको प्रतिबद्धता मात्रै होइन एकले अर्कालाई खुईल्याउने अनेक शब्दवाणसमेत भइरहेको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए)मा चुनावी रँडाको मच्चिएको छ । जिम्बाजाङबु शेर्पा प्यानल र सन्तबीर लामा प्यानलबीच हुन लागेको चुनावको मुखमा आइपुग्दा विभिन्न खालका प्रचारबाजीहरु भइरहेका छन् । अत्यान्तै महत्वकांक्षीय योजनासहितको प्रतिबद्धता मात्रै होइन एकले अर्कालाई खुईल्याउने अनेक शब्दवाणसमेत भइरहेको छ । यत्तिसम्म कि एक पक्षले अर्को पक्षलाई पीक खोस्ने समूह भनेर ट्याग भिढाईदिनेसम्मको काम भएको छ यहाँ । त्यत्तिमात्रै कहाँ हो र आफ्नो पक्ष सबैभन्दा समावेशी र सक्षम भनेर सामाजिक सञ्जाल अनि आआफ्ना पोल्टाका मिडियाहरुमा व्यापक प्रचार भइरहेको छ । चुनावको नाउँमा तडकभडक सुरु भइसकेको छ । यसै सन्दर्भमा पर्यटन सेवा संघका अध्यक्ष रामशरण थपलिया यसो भन्छन्ः-
एनएमएको स्थापना कुमार खड्कविक्रम शाहले गरेता पनि अहिलेसम्म त्यसको गौरव गरिमालाई कायम राख्ने भनेको शेर्पाहरुबाटै भएको हो । यो क्षेत्रको दुःख या सुखमा मुख्य भूमिका खेल्ने भनेको शेर्पाहरु नै हो । र चुनावी दौडानमा हिँड्दैगर्दा जिम्बाजाङबु शेर्पाको टिमले अत्याधिक मतले जित्ने अवस्था देखिएको छ । विभिन्न भेला समारोहहरुको सहभागिता अत्यान्तै उत्साहजनक छ ।
एनएमएमा आङछिरिङ शेर्पाकै कार्यकालमा पीक खोस्नका लागि विभिन्न खालका आक्रमणहरु भयो । पीकहरुलाई सरकारले लैजाने कुरा अघि बढ्यो । त्योसँगै यस क्षेत्रका निमुखाहरुको रोजिरोटी खोसिने सम्भावना बढेर गयो ।
तर पछि सम्मानित अदालतले एनएमएलाई नै पीक फिर्ता दिएपछि केही समयको लागि त्यो समस्या त टर्योछ तर, पीक खोसेर सिण्डिकेट लागु गर्नेहरुले अहिले पनि चुरुफुरी गरिरहेको देखिन्छ । त्यसकै विरुद्धमा हाम्रो लडाई हो यसपालीको चुनाव । टेण्डरमार्फत पीक सञ्चालन गर्ने काम विभिन्न देशमा नभएका होइनन् । राज्यको मातहतमा पीक पुगेपछि टेण्डरमार्फत ती पीक सञ्चालन गराउँदा त्यहाँ पहुँचवाला, ठूला घरानाहरुको मात्रै हालीमुहाली हुने संस्कारको विकास हुन्छ भन्ने कुरामा दुईमत छैन् ।
त्यसो हुँदा गरिखाने हजारौं हजार निमुखा आरोही तथा श्रमजिवीहरुको रोजीरोटी खोस्ने निश्चित प्राय छ । यदि एनएमएको पीक खोसियो भने हिजोका आरोहीहरु तथा तिनका परिवारले के गर्ने ? त्यसैले यसपाली हामी ती निमुखा आरोही र श्रमजिवीको पक्षलाई आफ्नो मुख्य एजेण्डा बनाएर अघि बढेका छौं । विशेषगरी हिमालको लागि हिमालमै काम गर्नेहरुको लागि हाम्रो साथ हो ।
जिम्बा आफैँ आरोही, टिम सबै समावेशी, सक्षम तथा ख्यातीप्राप्त आरोहीहरु छन् । टिमको ५० प्रतिशत शेर्पा तथा आरोही छन् । हाम्रो मकसत पनि के हो भने जुन व्यक्तिले सम्बन्धित क्षेत्रमा काम गरिरहेको छ उसैलाई अगाडि बढाएर यस क्षेत्रको समस्या समाधानमा लाग्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यस अर्थमा हाम्रो जित सुनिश्चित छ भनिरहेका छौं । त्यसैले चुनाव जितेपछि एनएमएको अस्तित्व जोगाउनको लागि लड्न सक्ने व्यक्तिलाई जिताउनुपर्छ त्यो व्यक्ति भनेको जिम्बा नै हो ।
हिजो पीक खोस्ने मानिसका मतियारहरुले अहिले पनि एनएमएको पीक सरकारलाई बुझाउनको लागि विभिन्न रुप र रंगबाट खेलहरु भइरहेका छन् । सुरुमा हामीले सर्वसम्मतको प्रयास पनि गरेका थियौं । आस्थाको हिसाबले तीनटा पार्टीले तीनटा उम्मेद्धार घोषणा गर्योा । तर, आफ्नो गोरुको बाह्रै टक्काको स्थिति साथीहरुले सिर्जना गरेपछि आजको अवस्थामा हामी आइपुगेका हौं ।
खुल्ला छलफल गर्दा उहाँहरुले सन्तवीरको विकल्प छैन भनेपछि कुरा मिलेन र चुनावी मैदानमा आउनुपर्योर । दोस्रो पटक उठेर पदलोलुपता भन्ने कुरा आयो यो सिधै विधान विपरित छ । अब विधानलाई आधार मानेर अर्को चोटी जिम्बा आउनुहुन्न । त्यसैले यस्ता कुतर्क गरिहिँड्नुको कुनै तुक छैन् ।
प्रतिक्रिया