प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
४३ पटक हेरिएको
Shares
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
  • प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
  • प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताउनुभयो ।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताउनुभयो ।

भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना गर्नुभयो ।

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानून तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । सो क्रममा महासङ्घले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो । भेटमा महासङ्घका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री
तीन महिनादेखि हराएका बालकको कंकाल फेला
तीन महिनादेखि हराएका बालकको कंकाल फेला
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
काेराेना भाइरस : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
३३ किलाे सुन प्रकरण: भाारतमा यी दुइजना सहित फेला