पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
२० पटक हेरिएको
Shares
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना

सारांश

  • काठमाडौँ ।
  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
  • उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य,सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरी न्यूनतम तापक्रम माइन शून्य दशमलव नै डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ पुस २८ गते (बिहीबार)
दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २९ गते (शुक्रवार)
दिउँसोː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस ३० गते (शनिवार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
​​​​​​​रातीː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
प्रम ओलीले थपे ८ मन्त्री
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन
तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार

तपाईंले छुटाउनुभयो कि?