एमालेले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अभिमुखीकरण गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
३१ पटक हेरिएको
Shares
एमालेले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अभिमुखीकरण गर्ने

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता-कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएकाे छ ।
  • एमालेकाे परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

काठमाडौं । नेकपा एमालेले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता-कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएकाे छ । एमालेकाे परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था र कूटनीतिक व्यवहार आदि विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही माघ ६ र ७ गते पार्क भिलेज, बूढानीलकण्ठमा आयोजना गरिने दुई दिने कार्यशालामा नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारबारे प्रशिक्षण दिइने विभागले जनाएको छ ।

अभिमुखीकरणमा पार्टीको सचिवालयका पदाधिकारी नेताहरू,परराष्ट्र मामिला विभागका सबै सदस्य, पार्टीका जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूपमा गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष, महासचिव र विदेश विभागका प्रमुखहरू सहभागी हुने छन् ।

विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषयमा विषय केन्द्रित छलफल गरेको थियो । विभागले आफ्नो वार्षिक कार्ययोजना बमोजिम समय समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक बिषयमा पनि छलफल चलाउँदै आएको छ ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?