सत्ता पक्षको बैठकमा कांग्रेस र लोसपा पनि हाजिर हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सत्ता पक्षको बैठकमा कांग्रेस र लोसपा पनि हाजिर हुने

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षा दलहरूको संयुक्त बैठक बोलाएका छन ।
  • पुस २६ मा प्रधानमन्त्रीको पक्षमा मत दिएर सत्ता पक्ष भएका नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीसहितको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षा दलहरूको संयुक्त बैठक बोलाएका छन । पुस २६ मा प्रधानमन्त्रीको पक्षमा मत दिएर सत्ता पक्ष भएका नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीसहितको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलको एजेण्डा माघ ५ को सभामुखको निर्वाचन र फागुनमा हुने राष्ट्रपतिको निर्वाचनको बारेमा छलफल हुने जनाइएको छ । सत्ता गठबन्धनले यसअघि नै राष्ट्रपति र सभामुख नेकपा एमालेलाई दिने निर्णय गरिसकेको छ । त्यस्तै उपराष्ट्रपति माओवादीलाई र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको छ ।

बैठकमा कांग्रेस र लोसपालाई ती पदहरूमा पनि मत दिन आग्रह गर्ने बुझिएको छ । कांग्रेस र लोसपा सत्ता पक्षको संयुक्त बैठकमा आज पहिलो पटक सहभागिता जनाउन लागेका हुन । यअसघि सोमबा राति सत्तारूढ दलका नेताहरूले मन्त्रिपरिषद् विस्तार सकेर सत्तापक्षको बैठक बोलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस

तपाईंले छुटाउनुभयो कि?