नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

सारांश

  • काठमाडौं ।
  • नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
  • जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।

काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए ।

विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ ।

आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ । आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन् ।

विसं २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेशी चढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशै लगत्तै मन्त्रीमण्डल फेरिने !
दशै लगत्तै मन्त्रीमण्डल फेरिने !
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)
‘राजावादी र विप्लव’ ओली र प्रचण्डको सत्तासंघर्षको तुरुप : संकटमा गणतन्त्र
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
संसारीमाई महापूजा आजबाट शुरु
संसारीमाई महापूजा आजबाट शुरु
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?
सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप

तपाईंले छुटाउनुभयो कि?