विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?

सारांश

  • काठमाडौं।
  • विश्वका विभिन्न सञ्चार माध्यमहरुले एकै पटक विश्वभर अति धनी र शक्तिशालीहरुले कर छुट पाउने देशहरुमा थुपारेको कालोधनको बारेमा समाचारहरु प्रकाशित गरेका छन्।
  • जसमा बेलायती महारानी एलिजाबेथ द्वीतीय समेत रहेकी छिन्।

काठमाडौं। विश्वका विभिन्न सञ्चार माध्यमहरुले एकै पटक विश्वभर अति धनी र शक्तिशालीहरुले कर छुट पाउने देशहरुमा थुपारेको कालोधनको बारेमा समाचारहरु प्रकाशित गरेका छन्।

जसमा बेलायती महारानी एलिजाबेथ द्वीतीय समेत रहेकी छिन्।  उनको व्यक्तिगत सम्पत्ति मध्ये एक करोड अमेरिकी डलर कालोधनको रुपमा विदेशीमा लगानी भएको देखिएको छ।

प्याराडाइज पेपर्स नाम दिइएको यस लिकमा यस्तो लागनीका लागि काम गर्ने विश्वको एउटा संस्थाको १ करोड ३० लाख प्रति दस्तावेजहरु रहेका छन्। जसलाई विश्वका ६७ देशका करिब सञ्चार माध्यमहरुले थप अनुसन्धान गरेर प्रकाशित गरेका छन्।  उनीहरुले आगामी केही साथहरुमा थप खुलासा गर्दै जाने बताएका छन्।

यस्तो लगानी मुख्य रुपमा आफ्नो देशभित्र कर छलीका लागि गर्ने गरिएको छ। विश्वको कुल  ग्राहस्थ उत्पादनको करिब १० प्रतिशत रकम विदेशकी कम्पनीमा लगानी गरेर लुकाइएको अनुमान गरिएको छ।

सार्वजनिक गरिएको काजगातहरु अफसोर कारोबार गर्ने १९ वटा कम्पनीको भनिएपनि यसमा मुख्य रुपमा क्यारेबियन देश बर्मुडाको एप्पलवाइको साथसाथै सिंगापुरको एशियासिटी नामका कम्पनीका काजगातहरु प्रमुख रुपमा रहेका छन्।

जसले अमेरिकाका व्यापार मन्त्रीले रुसमाथि नाकाबन्दी लागेको समयमा कारोबार गरेको देखिएको छ। उनको कम्पनीको सम्बन्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाँईको कम्पनीसँग भएको देखिएको छ ।

जर्मनीको एक पत्रिकाले प्राप्त गरेको दस्तावेजलाई विश्वभरका ६७ देशका करिब एक सय सञ्चार माध्यमले अनुसन्धान गरेर एकै पटक प्रकासित गरेका थिए। अफसोर लिंक, स्वीस लिंक, पानापा पेपर्सपछि प्याराडाइज पेपर्सको लिंक भएको छ । भारतमा इन्डियन एक्सप्रेसले भारतीयहरुको नाम भारतीय लगानीकर्ताको नाम प्रकाशित गरेको छ।

१ सय ८० वटा देशको दस्तावेजहरु भएपनि सबैको सार्वजनिक गरिएको छैन। सबै दस्तावेज सार्वजनिक गर्न समय लाग्ने बताएको छ। यसअघि पानामा पेपर्स, अफसोर्स लिंक हुँदा नेपालीहरुको समेत नाम रहेको थियो।

(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
राष्ट्रपतिले भनिन्- बजेट फ्रिज हुने समस्या असक्षमताको सूचक
राष्ट्रपतिले भनिन्- बजेट फ्रिज हुने समस्या असक्षमताको सूचक
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि