श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
२२ पटक हेरिएको
Shares
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सारांश

  • सुरुङ्गा ।
  • श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् ।

सुरुङ्गा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरेसँगै शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

उदयपुरको साविक रामपुर–२ घर भएका उनी केही समयदेखि अर्जुनधारा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?