भूटानलाई हरायो नेपालले

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३६ पटक हेरिएको
Shares
भूटानलाई हरायो नेपालले

सारांश

  • काठमाडौँ ।
  • साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
  • बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

आज भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिती राईले एक गोल थपिन् । खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् ।

त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
लकडाउन जेठ २० गतेसम्म थपियो
लकडाउन जेठ २० गतेसम्म थपियो
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’
‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

तपाईंले छुटाउनुभयो कि?