संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ

सारांश

  • काठमाडौं ।
  • संघीय संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौं । संघीय संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ ।

रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको उनले बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।

पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । यसअघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनलाई प्रहरी पक्राउ गरेको थियो ।

उनीसँगै जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादव पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?