बढी फाइदा हुने देशबाट आपूर्ति गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बढी फाइदा हुने देशबाट आपूर्ति गरिने

सारांश

  • विराटनगर, २२ साउन ।
  • आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गर्नुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो संसदीय सार्वजनिक लेखा समिति, अर्थ समितिलगायत सरोकार भएका समितिले पनि छानबिन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी दिनुभयो ।

विराटनगर, २२ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो संसदीय सार्वजनिक लेखा समिति, अर्थ समितिलगायत सरोकार भएका समितिले पनि छानबिन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी दिनुभयो ।

दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको र मूल्य नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने स्पष्ट पार्नुभयो । चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौताका सन्दर्भमा उहाँले कुनै एक राष्ट्रमाथिको निर्भरता अन्त्य गर्नुपर्ने बताउँदै जुन देशबाट बढी फाइदा हुन्छ त्यहीँबाट आपूर्ति गरिने छ भन्नुभयो ।

यसअघि विराटनगर विमानस्थलमा ठूलो संख्यामा उपस्थित नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले मन्त्री मण्डललाई २५ किलोको माला पहि¥याएर स्वागत गरेका थिए । पार्टीका तर्फबाट मोरङबाट अहिलेसम्ममा उहाँ मन्त्रिमण्डलमा स्थान पाउने पहिलो व्यक्ति भएको पार्टी कार्यालय सचिव मुक्ति शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?