किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

सारांश

  • गोरखा ।
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ ।
  • गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिइन् ।

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिइन् ।

“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उनले भनिन्,“रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताइन् । गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गराैँ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो ।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिइन् । सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ ।

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
भूकम्पबाट अझै एक हजार वेपत्ता !
भूकम्पबाट अझै एक हजार वेपत्ता !
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?