नेमकिपाःसातै प्रदेशमा संयोजक मनोनीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, २२ साउन ।
  • नेपाल मजदुर किसान पार्टीको आजको द२७ आँैं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नाका साथै सचिव सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
  • पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा शुक्रबारदेखि शुरु भएको बैठकले नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा(माओवादी केन्द्र)लगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप लगाएको छ ।

भक्तपुर, २२ साउन । नेपाल मजदुर किसान पार्टीको आजको द२७ आँैं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नाका साथै सचिव सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा शुक्रबारदेखि शुरु भएको बैठकले नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा(माओवादी केन्द्र)लगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप लगाएको छ ।
बैठकले समाजवादी आन्दोलन र देशभक्तिपूर्ण संघर्ष चालु राख्ने लगायत १३ बुँदे निर्णय गरेको सुवालले बताउनुभयो । सोअनुसार व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधानको दोस्रो संशोधन प्रस्ताव नेपाली जनताको हितविपरीत ‘भारतीय विस्तारवाद र एकाधिकार पँुजीवादको हितमा रहेको’ भन्दै पार्टीले प्रस्ताव फिर्ताका लागि सरकारलाई दबाब दिन जिल्ला जिल्लामा विभिन्न गतिविधि गरिने छ ।

बैठकले संसद्मा विचाराधीन निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिएको मतसीमा को प्रावधान गणतन्त्रविरोधी तथा प्रतिगामी भएको ठहर समेत गरेको छ । त्यसैगरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको निर्वाचनलाई पार्टीले उपयोग गर्ने निर्णय गर्नाका साथै सातै प्रदेशमा संयोजक तोकेको छ ।
सोअनुसार प्रदेश नंं १ देखि ७ सम्म क्रमशः नरेन्द्र होमागाईं, दिनेश शाह, प्रेम सुवाल, नीरज लवजू, हरिसुन्दर वासी, सुनिल प्रजापति र बजीरसिंह विक संयोजक रहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
निर्वाचन परिणाम हेर्नुहोस्, अब देश काता जाला त ???
निर्वाचन परिणाम हेर्नुहोस्, अब देश काता जाला त ???
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
सवारी दुर्घटनामा १७ घाइते,दुईको अवस्था गम्भीर
सवारी दुर्घटनामा १७ घाइते,दुईको अवस्था गम्भीर
८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा
८० जना जिल्ला न्यायाधीशको विवाद संवैधानिक इजलासमा
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
बिआरआई सहमतिले सुरक्षित गठबन्धन
बिआरआई सहमतिले सुरक्षित गठबन्धन

तपाईंले छुटाउनुभयो कि?