जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे दलालको भागाभाग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे दलालको भागाभाग

सारांश

  • ललितपुर ।
  • सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए ।
  • दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने ।

ललितपुर । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए । दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने । ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक/दुई जनासँग संवाद पनि गरे । त्यसरी संवाद गर्ने ती व्यक्ति यातायातमन्त्री वीरबहादुर बलायर थिए ।

आजको कान्तिपुरमा खबर छ– मन्त्री बलायरले दललाको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । ‘म अनुगमनमा निस्केको कुरा यातायातका कर्मारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ’, उनले भने ।

सुरुमा सादा पोसाकमा गएको प्रहरीको टोलीले कार्यालयअघि भेटिएका दलालसित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गरे । दलालले पनि ग्राहक ठानेर ‘अहिले गाह्रो छ तर मिलाउन परे सकिने’ भन्दै सम्पर्कमा बस्न अह्राए । तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरेको थाहा पाएपछि दलालको भागाभाग भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?