नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
२० पटक हेरिएको
Shares
नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने

सारांश

  • काठमाडौं।
  • नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्।
  • नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्।

काठमाडौं। नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्। नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्।

उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन्।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो। फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ बर्षको अनुभव सेयर गर्नेछन्। उनले प्रोमोमा भनेका भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिन। मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकुँ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन्। उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?