गुडिरहेकाे बसमा बम प्रहार !
सारांश
- अस्बिन खङका , २२ बैशाख ।
- सुनसरीको इटहरीमा गुडिरहेको समयमा एक्कासि वसमा विस्फोट भएको छ ।
- धरानबाट काकरभिटा तर्फ गईरहेको मे १ ख २७३४ नम्वरको वसमा इटहरी आइपुग्दा विस्फोट भएको वसका कर्मचारीले जानकारी दिएका छन ।
अस्बिन खङका , २२ बैशाख । सुनसरीको इटहरीमा गुडिरहेको समयमा एक्कासि वसमा विस्फोट भएको छ ।
धरानबाट काकरभिटा तर्फ गईरहेको मे १ ख २७३४ नम्वरको वसमा इटहरी आइपुग्दा विस्फोट भएको वसका कर्मचारीले जानकारी दिएका छन ।
धरानबाट यात्रु लिएर काकरभिट्टा तर्फ गईरहेको बस लाई कोशी राजमार्ग अन्तर्गत इटहरी चौक भन्दा केही उत्तर आइपुग्दा बाहिरबाट प्रहार गरिएको बस्तु बसको अगाडी पट्टि लाग्दा बसका यात्रुहरु सकुशल भएको बसका चालक धनकुमार श्रेष्ठले वताए ।
एक्कासि बस अगाडी पट्टी केहि बस्तु प्रहार हुने बितीकै ठुलो आवाज आएपछि आफुहरुले बम प्रहार भएको थाहा पाएको श्रेष्ठ ले बताए। बिस्फोटनको समयमा नजिक रहेका पैदल यात्रीहरुले भने दुई जनाको संख्यामा आएका मान्छेहरुले बसमा प्रहार गरेको जानकारी दिए ।
विस्फोटन पछी वसको बाहिर भागमा क्षति भएको र प्वाल समेत परेको छ भने विस्फोटन कसले गराएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए ।
प्रतिक्रिया