महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ

सारांश

  • दमौली ।
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।
  • नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

“आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उनले भने, “हामीले जनताको विश्वास जित्नुपर्छ ।” महामन्त्री थापाले उपनिर्वाचनमा पनि सत्तारूढ गठबन्धनबीच तालमेल भएकाले तालमेललाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “तालमेलका विषयमा विभिन्न मत छन्, मैले पार्टीभित्र पनि फरक मत राख्दै आएको हुँ, त्यसको फरक कारण छ”, उनले भने, “पार्टीभित्र फरक मत राख्न पाइन्छ, निर्णय भएपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले लोकतन्त्रको संस्थागत विकासविना देश विकास हुन नसक्ने र त्यो कांग्रेसको नेतृत्वमा मात्रै सम्भव रहेको बताए । तनहुँको विकासका लागि कांग्रेसका उम्मेदवारले जित्नैपर्ने भण्डारीले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको बताए । उहाँले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले तनहुँमा कांग्रेसको गरिमा पुनः कायम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !
हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !
६६  क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
६६ क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
चौरी चराउन गएका दुइजना नफर्किए पछि
चौरी चराउन गएका दुइजना नफर्किए पछि
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो

तपाईंले छुटाउनुभयो कि?