महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
३८ पटक हेरिएको
Shares
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि

सारांश

  • काठमाडौँ ।
  • पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् ।

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
स्वस्थ रहन मुस्कान छर्नुस….
स्वस्थ रहन मुस्कान छर्नुस….
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
जेल गएपनि सांसद हुन पाइने कस्तो नियम!
जेल गएपनि सांसद हुन पाइने कस्तो नियम!
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन
सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन

तपाईंले छुटाउनुभयो कि?