लामिछाने उम्मेदवारीविरुद्ध चार उजुरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
४१ पटक हेरिएको
Shares
लामिछाने उम्मेदवारीविरुद्ध चार उजुरी

सारांश

  • चितवन ।
  • आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन ।

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन ।

तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका हुन् ।

आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।

आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिए । सफलले दिएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने उनले बताए । उपनिर्वाचनका लागि यस क्षेत्रमा १२ राजनीतिक दलका सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ ले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
अवैध लागुऔषधसहित एक जना पक्राउ !
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
३५ लाख तिरेर अमेरीका जान खाेज्दा !
३५ लाख तिरेर अमेरीका जान खाेज्दा !
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर