डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो

सारांश

  • गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले पल्टाएको ढुंगाले लागेर एक व्यक्तिको ज्यान गएको छ ।
  • स्थानीय नेपाल राष्ट्रिय सर्वोदय माविका कार्यालय सहयोगी ४५ वर्षीय मुमिश्वर अर्यालको ज्यान गएको हो ।
  • सिद्धेश्वर गुफा लैजाने मोटरबाटो खन्ने क्रममा डोजरले माथीबाट ढुङ्गा पल्टाएको र विद्यालयमा पानी जोड्न गएका अर्याललाई ढुंगाले लागेको वडाध्यक्ष खरेलले जानकारी दिए ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले पल्टाएको ढुंगाले लागेर एक व्यक्तिको ज्यान गएको छ । स्थानीय नेपाल राष्ट्रिय सर्वोदय माविका कार्यालय सहयोगी ४५ वर्षीय मुमिश्वर अर्यालको ज्यान गएको हो ।

सिद्धेश्वर गुफा लैजाने मोटरबाटो खन्ने क्रममा डोजरले माथीबाट ढुङ्गा पल्टाएको र विद्यालयमा पानी जोड्न गएका अर्याललाई ढुंगाले लागेको वडाध्यक्ष खरेलले जानकारी दिए । अर्यालले राम्रोसँग कान पनि सुन्न नसक्ने र बोल्न नसक्ने विद्यालयले जनाएको छ । उनका २ भाई छोरा, एक छोरी, आमा र श्रीमती छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?