मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने एमालेको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने एमालेको निर्णय

सारांश

  • काठमाडौं, माघ १ ।
  •  एमाले स्थायी समिति बैठक सकिएको छ ।
  • मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले ४ वटा प्रदेशका मुख्यमन्त्री चयन गर्ने जिम्मा पार्टीको प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ ।

काठमाडौं, माघ १ । एमाले स्थायी समिति बैठक सकिएको छ । मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले ४ वटा प्रदेशका मुख्यमन्त्री चयन गर्ने जिम्मा पार्टीको प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिने निर्णय भएको बताए ।

प्रदेश कमिटीबाट सर्वसम्मत रुपमा मुख्यमन्त्री चयनका लागि प्रयास गरिने उनले बताए । सहमति नभए संसदीय दलको चुनाव गराउने र चुनाव जित्ने व्यक्तिलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष गौतमले बताए ।

प्रदेश सभामुखबारे भने कार्यविधी बन्ने कार्य प्रक्रियामा रहेको गौतमले बताए । साथै पार्टी र वाम गठवन्धनलाई जिताउन सर्कुलर जारी गर्ने निर्णय समेत भएको गौतमले बताए ।

एमालेले राष्ट्रियसभा निर्वाचन अघि माघ १८ देखि २१ गतेसम्म आफ्ना उम्मेदवारलाई प्रशिक्षण दिने निर्णय समेत गरेको छ ।

वाम गठवन्धनको दोस्रो घटक नेकपा माओवादी केन्द्रसँगको सहमतिअनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री पाएको छ । यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ को सभामुख पनि एमालेको भागमा परेको छ ।

एमालेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले बृद्धभत्ता पाउने उमेर हद घटाएर ६५ वर्ष पुर्याएको निर्णयलाई निर्लज्जताको संज्ञा दिएको छ ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयको भत्सर्ना समेत गरेको छ । अनावश्यक निर्णय अब गठन हुने सरकाले पुनरावलोकन गर्ने समेत बैठकले निर्णय गरेको नेताहरुले बताएका छन् ।

(https://woodlees.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?