हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

सारांश

  • तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
  • कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो ।
  • तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताए। “कोरोना महामारी, निकुञ्ज क्षेत्रमा स्वीकृति लिनुपर्नेलगायत कारणले काममा ढिलाइ भयो”, उनले भने– “पाँच पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन।” हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो। डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम अधुरै छ।

पहिलो प्याकेज ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । “पहिलो प्याकेजको काम अन्तिमतिर छ”, इञ्जिनीयर सुनारले भने, “तेस्रो प्याकेजमा काम भइरहेको छ, दोस्रोमा स्थगन जस्तै छ।”

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख छ। उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडक मात्र कालोपत्र भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ। सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण काममा राेकिएको छ। भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबी गर्दै कालोपत्र गर्न असहमति जनाउँदै आएको छ।

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ। त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा छ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इञ्जिनीयर सुनारले जानकारी दिए ।

“दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ”, उनले भने–“छ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्र भयो ।” निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणमा ढिलाइ भएको हो । निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा काम सक्न पटक–पटक दबाब दिँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु
एक वर्षभित्र राजिनामा दिन्छु: यातायात मन्त्री  रघुवीर महासेठ
एक वर्षभित्र राजिनामा दिन्छु: यातायात मन्त्री  रघुवीर महासेठ
माओवादीबाट उम्मेदवारको टुंगो
माओवादीबाट उम्मेदवारको टुंगो
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?