संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

सारांश

  • काठमाडौँ ।
  • वैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा वैतडीमा भएको सवारी दुर्घटनमा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिए ।

काठमाडौँ । वैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा वैतडीमा भएको सवारी दुर्घटनमा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिए ।

उनले दुर्घटनामा परेका परिवारजनले घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेकाले समस्याको समाधानका लागि उचित पहल गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरु मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराए । उनले भने, “वास्तविक मिटर ब्याजीको काम सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।”

सांसद पदम गिरीले सरकारले स्मार्ट टेलिकम प्रालिलाई नवीकरण शुल्क नलिइ २५ वर्षका लागि अनुमति दिन लागेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले भने, “उक्त कम्पनीले पहिलेको रु पाँच अर्ब भुक्तान गर्न बाँकी रहेको तथा अहिले नवीकरण दस्तुर रु २३ अर्ब तिनुपर्नेमा मन्त्रिपरिषदले त्यसमा भारी छुट दिएर नवीकरण गर्न लागेको भन्ने सूचना प्राप्त भएको छ । यो कार्य नीतिगत भ्रष्टाचार भएकाले रोकिनुपर्छ ।”

सांसद मानवीर राईले जीवनको महत्वपूर्ण ऊर्जाशील समय बेलायतका लागि लडेका गोर्खा सैनिक समान पेन्सनका लागि आन्दोलन गरिरहेकाले उनीहरुको माग मुद्दाको पक्षमा उभिन सरकारसँग माग गरे । उनले भने, “समान पेन्सनका लागि गोर्खा सैनिक आन्दोलनमा रहेकाले आगामी हुने वार्तामा अन्यायमा परेका आफ्ना नागरिकको पक्षमा बेलायतसँग गम्भीरताकासाथ प्रस्तुत हुन आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो कि घट्यो पैसाको भाउ ? हेर्नुहोस् आजको विनिमयदर
बढ्यो कि घट्यो पैसाको भाउ ? हेर्नुहोस् आजको विनिमयदर
प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा र रणनीति  के ?
प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा र रणनीति के ?
पर्सामा थप १८ जनामा कोरोना पुष्टि
पर्सामा थप १८ जनामा कोरोना पुष्टि
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल
Unilateral road construction drive on disputed border area breaches understanding
Unilateral road construction drive on disputed border area breaches understanding
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ