बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !

सारांश

  • काठमाडौं, पुस २३ ।
  • २०४६ यता पूरै समय प्रधानमन्त्रीको भूमिकामा केन्द्रीत हुने नेता डा.
  • बाबुराम भट्टराई मात्र हुन् ।

काठमाडौं, पुस २३ । २०४६ यता पूरै समय प्रधानमन्त्रीको भूमिकामा केन्द्रीत हुने नेता डा. बाबुराम भट्टराई मात्र हुन् । माओवादी पार्टी अध्यक्ष प्रचण्ड हुँदाहुँदै दोस्रा वरीयताका नेता उनी १२ भदौ ०६८ मा प्रधानमन्त्री भए । त्यतिबेला उनी १ वर्ष ७ महिना प्रधानमन्त्री रहे ।

पहिलो संविधानसभा निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्री भएर प्रशंसा बटुलेका बाबुराम भट्टराईचाहिँ जति समय प्रधानमन्त्री भए, पूर्णकालीन भए ।

भट्टराई प्रधानमन्त्री भएका बेला पहिलो संविधानसभा संविधान जारी नगरी विघटन भएकाले त्यसमा उनलाई प्रमुख रूपमा जिम्मेवार मानिन्छ । तर, त्यसबाहेक उनी अरूभन्दा फरक रहे । विकास निर्माण होस् वा सुशासन उनको प्राथमिकता थियो ।

प्रधानमन्त्री हुँदा भट्टराईले दैनिक १४–१५ घन्टा काम गरेको प्रसंग त्यतिबेला पनि चर्चामा थियो । उनैको पालामा काठमाडौँलगायत मुलुकभर सडक विस्तार भएको हो भने लगानी बोर्ड बनाउने, आर्थिक विकासलाई गति दिने कार्यमा आफूलाई पूर्ण रूपमा केन्द्रित गरेका थिए ।

पार्टीलगायतको जिम्मेवारी नहुँदा उनले सिंहदरबारमा बढी समय दिन पाएका हुन् । त्यसैले उनलाई पार्ट–टाइमर होइन, फुल–टाइमर प्रधानमन्त्रीका रूपमा स्मरण गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?