प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् ।
  • आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए ।

भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती
रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड