गुल्मीमा मह दिवस मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
गुल्मीमा मह दिवस मनाइँदै

सारांश

  • रेसुङ्गा ।
  • गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ ।
  • मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ ।

रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए ।

मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत सङ्गठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो । दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो । तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ ।

पहिलो वर्षमा रु ३२ लाख र दोस्रो वर्षमा रु ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताउनुभयो । “मौरीको व्यवसायीकरण, प्रवद्र्र्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो” उनले भने, “मह दिवसले मौरी पालन गर्न थप आकर्षित गर्नेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
धादिङको जोगिमारामा ट्रक खस्यो, २ जना बेपत्ता
धादिङको जोगिमारामा ट्रक खस्यो, २ जना बेपत्ता
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,:  प्रकाशशरण महत
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,: प्रकाशशरण महत

तपाईंले छुटाउनुभयो कि?