घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक घाइते भएका छन् ।
  • आज सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेकै घरको छतबाट लडेर उनका निजी चालक गम्भीर घाइते भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक घाइते भएका छन् ।

आज सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेकै घरको छतबाट लडेर उनका निजी चालक गम्भीर घाइते भएका हुन् ।

घाइते चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टा र टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए। लामिछाने सो घरको भुईँ तलामा सुतेका थिए। दोस्रो तलामा दीपक बोहोरा लगायत सुतेका थिए ।

तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएको स्रोतले जनाएको छ ।

गम्भीर घाइते भएका दिलबहादुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा एक अर्बको चैतेधान उत्पादन
बारामा एक अर्बको चैतेधान उत्पादन
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
 फल्न छाड्यो गुराँसेको स्याउ
 फल्न छाड्यो गुराँसेको स्याउ
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !
काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?