फल्न छाड्यो गुराँसेको स्याउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
१३५ पटक हेरिएको
Shares
 फल्न छाड्यो गुराँसेको स्याउ

सारांश

  • प्रकाश अधिकारी,सुर्खेत, १९ साउन ,एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो ।
  • घर–घरमा स्याउका बगैंचा देखिन्थे ।
  • यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे ।

प्रकाश अधिकारी,सुर्खेत, १९ साउन ,एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि यात्रुहरुले स्याउ किनेर लैजान्थे ।

गुराँसेको स्याउ भने अब इतिहास बनिसकेको छ । पछिल्लो एक दशकयता गुरा“से–रानीमत्ता क्षेत्रमा स्याउका बोट देखिन छाडेका छन् । लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित छन् । गुराँसे बजार भारतीय स्याउले ओगटेको छ ।

गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो । विसं २०४० मा दैलेखको माथिल्लो गाइबान्ना, रानीमत्ता र गुरा“सेका बासिन्दाले ‘रेड गोल्डेन’ जातको स्याउ रोपे । बगैंचा बनाउन ऋण सापट गरी जुम्लादेखि बोटहरु खरिद गरे । शुरु–शुरुमा रामै्र फल्यो । स्याउबाट मनग्य कमाउने कृषकको आशा धेरै वर्ष टिकेन । बोटहरु सुक्दै गए । तापमान वृद्धिकै कारण स्याउ बगैंचा फाँडेर ४० भन्दा बढी कृषकहरु अहिले व्यावसायिक तरकारी गरिरहेका छन् ।

सेरी गाइबान्नाका कृषक रुद्रप्रसाद पौडेलले कृषि विकास बैंकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरु सुकेको गुनासो गर्नुभयो । “बचेका बोटको फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैंचा फाड्नुप¥यो,” उहाँले भन्नुभयो – “अहिले आलु, काउली, बन्दा, मुला लगायतका तरकारी खेती गरेका छौं ।” किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए । “प्रतिबोट रु ५० मूल्य परेको थियो, पचास एकाउन्न सालदेखि स्याउ खेती बिगँ्रदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैंचा मास्यौं,” पौडेलले भन्नुभयो ।

“शुरुका वर्षहरुमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६०० जति दाना दियो,” अर्का कृषक दीपक पौडेलले भन्नुभयो – “शुरुतिर रसिलो थियो । पछि दाना स–साना भए । स्वाद पनि हराउँदै गयो ।” यहा“को ३०० रोपनीमा दुई हजार ५०० स्याउका बोट रोपिएको थियो । कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे ।

स्याउ खेती गर्दा लिएको रु १० हजार ऋण तिर्न नसक्दा बैंकले स्थानीयवासी पे्रम ढकालको जग्गा नै लिलाम गरेको थियो । उहाँले सबैभन्दा बढी ५०० बोट रोप्नुभएको थियो । स्याउका लागि हावापानी अनुकूल नहु“दा पे्रमजस्ता थुपै्र विपन्न कृषकले ऋण तिर्न सकेनन् । “बगैंचा बनाउ“दा यसरी डुबिएला भन्ने पत्तै पाइएन, बैंकले जग्गा जफत गरिदियो,” ढकाल गुनासो गर्नुहुन्छ – “शुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत–दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । जब सडक आयो, तब स्याउ फल्न छाड्यो । ऋणमा मात्रै डुबायो ।”

एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो । त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो । गुरा“सेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडाबास, चुप्रा, धरमपोखरा, गोठीका“डावासीले बिक्रीका लागि लैजान्थे । रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन् । लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ ।

समुद्री सतहबाट गुरा“से रानीमत्ता दुई हजार १९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ । कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताउनुभयो । “रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महीना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो – “जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।”

कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन् । सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहा“बाट सुर्खेत एक घण्टामै पुगिन्छ । तरकारी खेतीबाटै अधिकाँश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन् । विभिन्न रोगकीराका कारण तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँसे रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
हाजार्ड दाजुभाई चम्किँदा यूरो छनोटमा बेल्जियमको सहज जित
हाजार्ड दाजुभाई चम्किँदा यूरो छनोटमा बेल्जियमको सहज जित
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा