काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !
सारांश
- काठमाडौं, वैशाख २०– मनाङबाट निर्विरोध निर्वाचित भइ विजयी शुरुवात गरेको सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौंमा पनि विजयको खाता खोलेको छ ।
- स्थानीय तहको चुनावमा काठमाडौंको टोखा नगरपालिकाबाट कांग्रेसका दुई महिला उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
- टोखा नगरपालिका वडा नम्बर ६ बाट काँग्रेसकी दिलमाया विश्वकर्मा र सोही नगरपालिका २ बाट काँग्रेसकै उम्मेदवार प्रतिमा हिङमाङ निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं, वैशाख २०– मनाङबाट निर्विरोध निर्वाचित भइ विजयी शुरुवात गरेको सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौंमा पनि विजयको खाता खोलेको छ ।
स्थानीय तहको चुनावमा काठमाडौंको टोखा नगरपालिकाबाट कांग्रेसका दुई महिला उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
टोखा नगरपालिका वडा नम्बर ६ बाट काँग्रेसकी दिलमाया विश्वकर्मा र सोही नगरपालिका २ बाट काँग्रेसकै उम्मेदवार प्रतिमा हिङमाङ निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि मनाङको नार फू गाउँपालिकामा अध्यक्ष मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, म्याग्दीको रघुगंगा गाउपालिका ३ का वडाध्यक्ष एकबहादुर गर्वुजा र वडा नम्वर ८ बाट वडा सदस्यहरु खमबहादुर छन्त्याल प्रिति गर्वुजा र यामकुमाररी गोतामे निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी गोरखाको चुम्नपी गाउँपालिका १ बाट वडाध्यक्षमा कांग्रेसकै बीरबहादुर लामा, वडा नम्वर ३ बाट वडाध्यक्ष पेम्वा रितार र वडा नम्वर ५बाट सोपा ग्याल्तेन लामा गुरुङ निर्विरोध निर्वाचित भएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया